एक सेयर लगानिकर्ताकाे कथा।

सेयर बजार जाेखिम पुर्ण हुन्छ। सेयर लगानिकर्ताले लगानि गर्दा स्वबिबेक पुर्याएर लगानि गर्ननुहाेला। याे केबल कथा मात्र हाे कसैकाे ब्यक्तिगत जिबनमा मेल खाएमा त्याे केबल सँयाेग मात्र हुनेछ।

अब शुरु गराै याे सेयर सम्बन्धि कथा।

बाबुराम (काल्पनिक नाम) गरेका लगानिकर्ता थिए । उनी करिब 10 बर्ष अगाडि सेयर बजारमा प्रबेश गरेका थिए । शुरु शुरु मा त IPO बाट सेयर काराेबार शुरु गरेका बाबुराम अर्का लगानिकर्ता श्याम (काल्पनिक नाम) काे सल्लाहमा  दाेश्राे बजार मा अचानक प्रबेश गरे। उनलेे हल्लैै हल्लामा भारी मात्रामा सेयर खरिद गर्छन। त्यसबेला बजार बढिरहेकाे थियाे।

चिया पसल देखि अन्य पसल हरु , शहरहरु मा सेयर सम्बन्धि
कुराकानि हरु सुनिन्थ्याे। बाबुराम लेे किनेकाे सेयरकाे मूल्य बढ्दै जान्छ र पाेर्टफाेलियाे पनि बढिरहेकाेे हुन्छ। अनि बाबुराम लेे लगानि अझै बढाउन थाल्छन। यसै गरि बजार काे ईन्डेक्स माथि नै जान्छ ।  अनि बजारमा अझै धेरै माथि जान्छ भन्नेे हल्ला चलिरहेकाे थियाे। त्यतिबेला बाबुरामकाे पाेर्टफाेलियाे मा निकै र राम्राे नाफा देखिएकाे थियाे।

बाबुराम निकै मख्ख देखिन्थे नदेखिउन पनि कसरी किनकि छाेटाे समयमा नै  उनकाे पाेर्टफाेलियाे बाट कागजि नाफा (सेयर नबेचिकन लगानि मा नाफा देखिने)  राम्राेे बढेकाे थियाे।

अनि  बिस्तारै  बजार घट्न शुरु भयाे । श्याम  (काल्पनिक नाम)  गरेका लगानि कर्ता बजार अझै माथि जान्छ भन्दै  हल्ला चलाएर बिस्तारै  सेयर बेचिरहेका थिए।  तर बाबुराम ले याे बुझेका थिए कि हल्का घटेपनि फेरि बढ्ला भनेर । तेतिबेला बजारकाे बुल रन सकिदै बिस्तारै बजार बियरिस जाेन मा प्रबेश गर्न शुरु थियाे। अनि बाबुराम ले सेयर बेच्न सकेनन र अझै बढ्छ भन्ने अाशमा थिए।

हेर्दा हेर्दै त बजार निकै घट्न थाल्याे अनि बाबुराम काे पाेर्टफाेलियाे निकैै घटिसकेकाे थियाे अर्थात निकै नुक्सानि देखिन्थ्याे । अब बाबुराम बिस्तारै आत्तिदै हतारमा सेयर बेचि बजार बाट निस्के। याे बेला उनलाई निकै नैै नुक्सानि भैसकेकाे थियाे।
 अब याे कथाबाट हामिले के सिक्ने माैका पायाै भने धेरै लाेभ गर्न हाे भने सेयर बजार बाट पनि नुक्सानि हुने रहेछ। यसमा बाबुराम काे के कमजाेरि देखियाे भने बजार बढेकाे बेलामा उनले बेच्न सकेनन र अझै बढ्छ कि भन्ने लेाभमा बसे र उनले लामाे समय सम्म हाेल्ड गर्न सकेनन । यदि राम्राे कम्पनिमा लगानि गरेकाे  छ भने लामाे समय सम्म  राख्दा नुक्सान हुने सम्भाबना कम हुन्छ किनकि पर्तेक  बर्ष बाेनस सेयर र लाभाँँश दिई  रहेकाे हुन्छ ।त्यसकारण सेयर बजारमा लगानि गर्दा बुझेर तालिम लिएर लगानि गर्याे भने फाईदा लिनेे सम्भाबना धेरै हुन्छ।
कथा पढिदिनु भएकाेमा धन्यबाद।

कथा राम्राेे लाग्याे भने सेयर गरिदिनुहाेला। याे कथा केबल शिक्षाकाे लागि मात्र  हाे ।

लेखक
नारायण आचार्य ।



Comments

Post a Comment

janakari ko lagi comment garnu hola