अब सेयर बजार खुल्याे भने के हाेला?

नेपाल सेयर बजार करिब 1 महिना भन्दा बढि भयाे बन्द भएकाे। विभिन्न मिडियाहरु मा र सम्बन्धित निकायहरुले पनि
अब सेयर बजार खुलाउनु पर्छ भन्ने धारणा ब्यक्त गरिरहेकाे समाचार हरु मा आईरहेकाे पाइन्छ। अब सबैकाे सर्बत्र चासाेकाे बिषय रहेकाे नेपालकाे सेयर बजार अब खुल्याे भने के हाेला भन्ने  हाे। सेयर बजारमा कसैले पनि ठाेकुवा गरेर भन्न सक्दैन। विभिन्न लगानि कर्ता र बिश्लेशकहरुकाे आफ्नाेे आफ्नाे विश्लेषण हुन्छ। सेयर बजार जाेखिम पुर्ण क्षेत्र हाे ।लगानिकर्ताले आफ्नाे बिचारले लगानि गर्नुहाेला। याे केबल लेखककाे आफ्नाेे बिचार हाे। यहि लेखलाई आधार मानि गरिएकाे लगानिअनुसार कुनै हानि नुक्सानि भएमा लेखक जिम्मेबार हुनेछैन।

अब शुरु गराै सेयर बजार खुलेपछि के हाेला? लेखककाे बिचार।

बिश्वभर काेराेना फेलिरहेकाे छ । केही क्षेत्रमा त धेरै फैलिईसकेपछि कम हुँदै गएकाे छ र केही देशहरु मा
बढिरहेकाे छ। यस्ताे अबस्थामा सेयर बजार अब नेपालकाे
सेयर बजार कता जाला भन्ने सर्बत्र चासाे सबै लगानिकर्ताहरुलाई भैरहेकाे छ।

अब सेयर बजारकाे सकरात्मक पक्ष :-

बैककाे ब्याज घटिरहेकाे हुुुुुनाले र  धेरै पैसा बैकमा  जम्मा भई  तरलता बढिरहेकाे विभिन्न सञ्चार माध्यम हरुमा पढ्न पाईन्छ र बैकहरुले ब्याज सस्तिएकाे ब्याज सम्बन्धि सुचना निकालिरहेका देखिन्छ । सेयर बजारकाे बैक ब्याज सँग धेरै सम्बन्ध हुन्छ । बैककाे ब्याज घटेमा सेयर बजार बढ्ने र बैककाे ब्याज बढेेेेमा सेयर बजार बढ्ने हुन्छ।

भारतकाे सेयर बजार (BSE) लाई हेर्ने हाे भने करिब 44000 सम्म पुगेकाे सेयर बजार घटेर करिब 26000 सम्म पुग्याेे। र फेरि छिट्टै अहिले रि Bounce भएर करिब 32000 काे सेराेफेराेमा देखिन्छ। अब भारतकाे सेयर बजार अध्ययन गरदा ईतिहासमै बढेेेर पहिलाेे पटक करिब 44000 काे सेराेफेराेमा पुगेकाे हुनाले घटेर करिब 26000 काे सेराेफेराेमा पुग्याे र तुरुन्तैै रि बाउन्स हुँदै अहिले  32000  काे सेराेफेराेमा आईरहेकाे छ।  अब नेपालकाे सेयर बजार लाई हेर्ने हाे पहिले नै धेरै बढेेेर करिब 3 बर्ष देखि घटिरहेकाे हुनाले याे बजार अहिले 1251 मा बन्द भएकाे छ।

नेपालकाे सेयर बजारकाे ईतिहासलाई हेरने हाे भने  4 बर्ष बुलिस साईकल र 3 बर्ष बियरिस साईकलमा चलिरहेकाे देखिन्छ। अब बजार बियरिस साईकलमा चलिरहेकाे र  बियरिस साईकल 3 बर्ष पूरा भएकाे हुनालेे अबकाे यात्रा बुलिस हुने सम्भाबना देखिन्छ। काेराेनाकाे हल्लाले 1655 मा पुगिसकेकाे बजार घटेर 1251 बन्द भएकाे छ।

सेयर बजारलाई कसैले ठाेकुवा साथ भन्न सक्दैन र मैले पनि
भनेकाे छैन। ईतिहास हेरेर र सम्भाबना लाई अध्ययन गरेर याे लेख लेखेकाे हाे। अब ईतिहास हेर्ने हाे भने बजार 975 मा पुगेर करिब 300 सम्म आएकाे पनि देखिन्छ तर तेतिबेला अन्य ठुला समस्या हरु निकै लामाे बर्ष  सम्म रहेकाे हुनाले
 300 सम्म बजार आएकाे अनुमान गर्न सकिन्छ। अहिले काे याे काेराेना लामाे बर्ष सम्म रहला जस्ताे लाग्दैन अहिले सम्म अाैषधि नबने पनि बैज्ञानिक हरुु अाैषधि बनाउने काेशिष गरिरहेका छन र केही बनेर परिक्षण गरिरहेका छन भन्ने समाचार हरु आईरहेका छन।

जसले गर्दा नेपालकाे सन्दर्भ मा भारतकाे बजार करिब44000 बाट करिब  26000 सम्म आयाे अब नेपालकाे पनि त्यसरि घट्छ कि भनेेेर मलाई लाग्दैन । किनभने भारत का  सेयर बजार पहिले देखि नै बढेर बुलिस Trend मा थियाे। पछि  बिश्वमा फैलिईरहेकाे काेराेनाकाे त्रासले भारतमा पनि लगानिकर्ताकाे मनाेबलमा पर्भाब परेर घटेकाे हुन सक्छ। तर नेपालमा बजार 1655 सम्म पुगेर काेराेना काे त्रास ले घटेर 1251 सम्म आएकाे पनि हुन सक्छ।

बजार पहिले नै घटिसकेकाे र नेपालमा अहिले सम्म काेराेना खासै नफैलिएकाे हुनालेे पनि बजारलाई खासै पर्भाब पार्ला जस्ताे लाग्दैन।

अब नकरात्मक पक्ष :-
काेरानाले गर्दा उघाेग कलकारखाना हरु खासै चल्न सकेका छैनन। र बैक तथा बित्तिय सँस्थाहरु पनि पुर्ण रुपमा खुल्ला छैनन। यसलेे हल्का पर्भाब पार्न सक्छ।

अब सकरात्मक र नकरात्मक पक्ष लाई अध्ययन गरदा
बैक तथा बित्तय सँस्थाहरु पुरैै समय बन्द भएका छैनन। हप्तामा 2,3 दिन त अहिलेे पनि खुलेका छन। अनि काेराेना पनि लामाे समय सम्म नरहला। अब  नेपाल सरकारले पनि भारतमा जस्तै केहि राहतकाे प्याकेज पनि ल्याउला। जसले गरदा पुजि बजारलाई सकरात्मक सन्देश दिन्छ। अनि बिदेशबाट पनि धेरै नेपाली दाजुभाई नेपालमा फर्कने सम्भाबना हुन्छ। जसले गरदा नेपालमा उधाेग कलकारखाना
पनि खुल्ने सम्भाबना हुन्छ। बिदेशबाट सिकेकाे सीप नेपालमा पर्याेग हुन सक्छ। कृषि क्षेत्र पनि बढ्ने सम्भाबना हुन्छ। नेपालकाे अर्थतन्त्र  उकास्न  कृषि क्षेत्र निकै महत्व पुर्ण हाे।सरकारले पनि कृषि क्षेत्रलाई पार्थमिकता मा राखेकाे छ। काेराेनाले पनि कृषि क्षेत्र बढाउनु पर्ने सबैलाई र देश आफैमा आत्मनिर्भर हुनु पर्छ भन्ने सन्देश दिएकाे जस्ताे लाग्छ।

अब सेयर बजारमा धैर्यता सबैभन्दाा महत्वपुर्ण मानिन्छ। मानाै जाे लगानिकर्तालेे नेपालकाे सेयर बजारकाे ईतिहास हेरदा जसले 975 मा किन्नु भएकाे थियाे र धैर्यता लिएर जाे बजार 300 सम्म आउदा सम्म हाेल्ड गर्नु भएकाे थियाे यदि राम्राेे कम्पनि मा लगानि गरेकाे भए बजार फेरि बढेर 1800 भन्दा माथि जादा त राम्राे अाम्दानि गर्नु भएकाे हाेला र बर्षाे सम्म बाेनस सेयर र लाभाँश पनि फाईदा गरनु भएकाे हाेला।

अबकाे पुजि बजार काेे भबिष्य राम्राे छ जस्ताे लाग्छ। काेराेना पनि धेरै लामाे समय सम्म नरहला केही न केही त अाैषधि पनि अाउला। यदि अाफ्नाे पैसा छ भने र राम्राे कम्पनिमा लगानि छ भने हाेल्ड गर्ने हाे राम्राे फाईदा लिन सकिन्छ जस्ताे
लाग्छ। काेरानाले अर्थतन्त्रमा केही नकरात्मक असर परेपनि बिस्तारै रिकाेभर हुँदै जाला अनि देश उन्नतिकाे मार्गमा जाला।
अनि पुजि बजार स्वर्णिम युगमा पर्बेश गर्ला।

याे लेख पढिदिनुभएकाे मा धन्यबाद।



Comments