सेयर बजारमा लगानि गर्न छुट्टाईकाे पैसा कसरि लगानि गर्दा उपयुक्त हुन सक्छ?

सेयर बजारमा लगानि गर्न छुट्टाईएकाे पैसा एकै पटक वा पटक पटक लगानि गर्दा हुने फाईदा हरु र बेफाईदा हरु ।

अब सेयर बजार मा एकै पटक लगानि गर्दा हुने फाईदाहरु


  1. (1) सेयर बजार कतिबेला बढ्छ र कती बेला घट्छ भनेर कसैले ठाेकुवा  गर्न सक्दैन र सेयर बजार लगातार बढिरहन्छ भन्नेे हुदैन । सेयर बजार घटबढ भई नै रहन्छ।  कहिले काहीँ यदि बजार बुलिस हुन शुरु भएकाे खण्डमा एकै पटक सबै पैसा लगानि गर्याे भने र लगानि गरिसकेपछि  यदि बजार बढेकाे खण्डमा फाईदा हुने सम्भाबना हुन्छ तर याे भने सेयर बजारमा सम्भाबना करिब 100 मा  15% हुुुुने हुन्छ र याे गर्नु अत्यन्तै जाेखिम मानिन्छ।


अब लगानि गर्ने पैसा पटक पटक  लगानि गर्दा हुने फाईदाहरु।

(1) सेयर बजार घटबढ भईरहन्छ भन्नेे हामी सबैलेे बुझेकै कुरा हाे। सेयर बजार  यदि थाेरै थाेरै गर्देे लगानि गरियाे भने जाेखिम कम  हुने गर्दछ। उदाहरण काे लागि मानाै कुनै कम्पनि काे सेयर रु 500 मा बजारमा किनबेच भईरहेकाे छ। अनि लगानिकर्ताले त्याे कम्पनिकाे सेयर जम्मा 100 कित्ता किन्ने याेजना बनाएकाे भए यदि एकै पटक किन्ने हाे भने 100 कित्ताकाे  50000/- हुने भयाे । अनि यसै गरि पटक पटक किन्ने हाे भने शुरुमा 20 कित्ता 500 मा किन्दा 10000/- भयाे ।अनि सेयर बजार मा कम्पनिकाे मूल्य सधै एउटै रहदैन । 20 कित्ता किनिसकेपछि यदि बजार घट्न शुरु भयाे भने साेहि कम्पनिकाे मूल्य पनि घट्ने सम्भाबना धेरै हुन्छ , घट्दैै जादाँ साेहि कम्पनिकाे मूल्य 450 पनि हुन सक्छ र फेरि 40 कित्ता रु 450 मा लगानिकर्ता लेे किन्न पाउँछ  यदि बजार घट्याेे भने।
र बजार  यदि अझै घट्दै गयाे भने फेरि 40 कित्ता रु 430 मा पनि किन्न पाउने सम्भाबना हुन्छ। यसरी पटक पटक गरि सेयर  खरिद गर्दा रु 45200/- मा 100 कित्ता पाईने भयाे यदि बजार घटेर कम्पनिकाे सेयर मूल्य घट्याे र माथि लेखिएअनुसार साेहि मुल्यमा सेयर किन्न पाईयाे भने। अब माथिकाेे कुरा यथाबत रहेकाे खण्डमा रु 4800/- सस्ताे पाइने भयाे र 100 कित्ता किन्दाकाे  एभरेज मिलाउदा  1 कित्ताकाे रु 452/- पर्ने भयाे।

साराँशमा भन्दा एकै पटक किन्दा 1 कित्ता सेयर बराबर रु 500/- हुनेभयाे र पटक पटक किन्दा 1 कित्ता सेयर बराबर रु 452 /- हुने भाे  यदि बजार घटेर साेहि मुल्यमा सेयर किन्न पाएकाे सम्बन्धमा। यसरी साेहि अनुसार किन्न पाईएमा पटक पटक किन्दा फाईदा धेरै र जाेखिम कम हने सम्भाबना देखिन्छ।


सेयर बजार जाेखिम पुर्ण बजार हाे । सेयर बजार सकभर लामाे समयकाे लागि लगानि गर्दा राम्राे हुन्छ । जाेखिम पनि कम हुन्छ र राम्राे कम्पनि मा लगानि गरियाे भने जेाखिम कम र फाईदा  धेरै हुने सम्भाबना  हुन्छ। ।राम्राे कम्पनि कसरी छान्ने भन्ने मैलेे याे भन्दा पहिला काे लेखमा लेखेकाे छु ।


यसरी माथिका शब्दहरु काे अध्ययन गर्दा सेयर बजार मा थाेरै थाेरै गर्दै लगानि गर्ने हाे भने जाेखिम कम हुने र फाईदा धेेेेरै हुने  सम्भाबना हुन्छ जस्ताे लाग्छ। याे लेख कुनैै recomendation हाेईन केबल शिक्षाकाे लागि मात्र हाे र बजार मा हुने उतारचडाब काेे अध्ययन गर्दै बनाईएकाे लेख हाे।






Comments