शेयर बजार (स्टोक मार्किट) भनेको के हो (nepal share market janakari)

  1.     शेयर बजार (स्टोक मार्किट) भनेको के हो
             शेयर बजार (स्टोक मार्किट) भनेको कुनै पनी सूचिकृत को हिस्सेदारी किन्ने र बेच्ने ठाऊं   
                      हो  अर्थात  सूचीकृत  कम्पनीको  केहि  हिस्सा  को  मालिक  बन्नू हो । नेपाल मा
                       (नेपाल स्टोक  एक्सचेन्ज लिमिटेड)  नामको शेयर बजार छ   कुनै पनि  कंपनी खुल्दा
                      पहिला सस्थापक हरुले कंपनी नियम अनुसार  कंपनी दर्ता गर्दछन। कंपनी दर्ता भई  सके
                      पछि कंपनी ले ब्यापार शुरू गर्ने गर्दछन। यसरी शुरू गर्दा ब्यबसाय  को कारोबार बृदि गर्न
                      को लागि  पुजीको आबस्यकता पर्दछ। सो पूँजी को आबस्यकता पूरा गर्नको  लागि  कंपनी ले
                      शेयर जारी गर्ने गर्दछन।
             २.     शेयर २ प्रकार का हुन्छन। (१) पार्थमिक  शेयर  (२) सेकेण्डरी  शेयर

        अब बुझौ  (१)  पार्थमिक  शेयर    :- नियम कानून   पुर्याई   नया  खुलेको कंपनीले    ब्यबसाय  को कारोबार बृदि गर्न  धितोपत्र  बोर्डमा निबेदन दिन्छन र  धितोपत्र   बोर्डले  स्वीकृत  दिएपछि 
          प्राथमिक शेयर निष्काशनको लागि कम्पनीले  मर्चेन्ट बैंक लाई  जिम्मेबारी दिएका हुन्छन र  रु १०० मा
          बैंक मार्फ़त लगानी कर्ताले प्राथमिक शेयरको लागि आबेदन दिन सक्छन। जसको लागि लगानी कर्ता ले
          सुरुमा बैंक मा गइ डीमेट खाता खोल्नुपर्ने  हुन्छ  तर लगानी कर्ताको बैंक मा saving  खाता  हुनु पर्छ
           र  यदि  saving  खाता नभएको खण्डमा बैंक मा गई saving  खाता खोल्न सकिन्छ र डीमेट खाता
           खोल्न सकिन्छ। अनि कंपनीको शेयर मा आबेदन  दिन सकिन्छ। यसको  लागि सेयर आबेदन गर्दा
           लगानी कर्ताको  खातामा  पैसा हुनु जरुरी हुन्छ।  अहिलेको नियम अनुसार  १० कित्ता देखि माथि
           शेयर मा आबेदन दिन सकिन्छ। कम्तिमा पनि १० कित्ताको लागि आबेदन  दिनुपर्ने हुन्छ र  १०  कित्ता
           आबेदन दिदा  रु    १०००  बैंक  खातामा  पैसा भए पुग्छ।  जब हामीले आबेदन दिन्छौ   तब  आफ्नो
           आबेदन  दिए  बराबरको पैसा खातामा  रोक्का  हुन्छ  .र  शेयर  बाड़फाड़ गर्दा  शेयर  पर्यो भने आफ्नो
            आबेदन  दिए  बराबरको पैसा खाता बाट कटिन्छ र  केहि दिन पछि हाम्रो  डीमेट खातामा  शेयर जम्मा
            हुन्छ। 
           
       
             (२)सेकेण्डरी  शेयर :-  यो नेपाल स्टोक  एक्सचेन्ज लिमिटेड ले  शेयर  किनबेचको लागि ५०
               वोटा  ब्रोकर (शेयर किनबेचको लागि लाइसेन्स प्राप्त भएको कंपनी ) लाइसेन्स दिएको छ।  उनि
              मार्फत शेयर किनबेच  गर्न सकिन्छ। यसको लागि   ब्रोकर को मा  खाता खोल्नु  पर्छ। खाता
             खोलि  सकेपछि शेयर  किनबेच  गर्न  सकिन्छ  तर सेकेण्डरी  शेयर बजार  मुल्य  अनुसार
             किन्न सकिन्छ।  प्राथमिक शेयर जस्तो  रू  १००  भन्ने  हुँदैन।  किनबेच  गर्दा  जति  बाजार  मुल्य  छ
             सोही  अनुसार  किन्न  र  बेचन  पाईन्छ।  यदि  यो  बजारमा  कुनै  कम्पनी को शेयर  रु १००  मा  चलेको
             भए  रू  १०० मा पनि  किन्न पाइन्छ।

            यो लेख मा  कुनै  confusion  भएमा मलाई  तल  दिएको  फोन  न  मा   फोन गर्न  सक्नु हुन्छ

            फोन  न  9844724304  नारायण आचार्य

          शेयर  सम्बन्धी  नया  नया लेख  हरू  लिएर अा उनेछु

           
               धन्यवाद
 



















    
           

Comments

Post a Comment

janakari ko lagi comment garnu hola