सेयर कारेाबार र लगानि गर्दा लगानिकर्ताहरुले अपनाउने महत्व पुर्ण तरिकाहरु

सेयर लगानिकर्ताले अपनाउनु पर्ने महत्वपुर्ण तरिकाहरु

सेयर बजार जाेखिमपुर्ण क्षेत्र हाे, जहाँ कमाउने सम्भाबना
जति हुन्छ तेत्ति नै  गुमाउने सम्भाबना पनि हुन्छ। लगानिकर्ताले लगानि गर्दा विभिन्न प्रकृया अपनाई लगानि गर्नेे हाे भने सेयर बजार बाट फाईदा लिने सम्भाबना धेरै हुन्छ। याे लेख शिक्षाकाे लागि मात्र हाे । कुनै Reconmendation हाइन। याे लेख पूरा पढि पढिदिनु हाेला जानकारिकाे लागि।

राम्राेे कम्पनि छान्नु :-


सेयर बजार मा लगानि गरदा कम्पनि काे फण्डामेन्टल हेर्नू अत्यन्तै जरुरि हुन्छ। यदि काराेबारि गर्ने हाे भने टेक्निकल एनालाईसिस गर्नु पर्ने हुन्छ जुन सेयर काे मूल्य काे अध्धयन गरेर काराेबार गर्ने गर्दछन। सेयर मूल्य घटेकाे बेला किन्ने र बढेकाे बेला बेच्ने गर्दछन। यदि लगानी कर्ता बन्ने हाे भने कम्पनि काे फण्डामेन्टल काे बारेमा अध्ययन गरि लगानि गर्नु पर्दछ। कम्पनि काे बिगत 3 बर्ष देखि काे लाभाँश,बाेनस, कम्पनिका सञ्चालकहरु कस्ता छन? कम्पनिकाे व्यापार कस्ताे छ? काराेबारकाे बृदि कस्ताे छ? नाफा बृदि गरेकाे छ कि छैन? आदि तथ्यहरु लाई राम्राे सँग  अध्ययन गरि लगानि
गर्नु पर्दछ। सेयर घटेकाे बेला किन्ने र बढेकाे बेला बेच्ने गर्नु पर्दछ।

धैर्यता :-


लगानिकर्ताकाे लागि धैर्यता महत्व पुर्ण गुण हाे।सेयर बजारकाे उतारचढाब मा साना साना समाचार हरुले पनि प्रभाब पारेकाे हुन्छ। सेयर बजार मा लगानि गर्नासाथ तुरुन्तै पैसा कमाउछु भनेर लगानि गरने हाे भने अत्यन्तै जाेखिम हुन्छ । लगानिकर्ता ले कम्तिमा पनि  4 बर्ष काे लागि भनेर लगानि गर्दा जाेखिम कम हुने र लाभ धेरै हुने सम्भाबना हुन्छ। सेयर बजार काे शुत्र हाे बजार घटेकाे बेला किन्नु र बढेकाे बेला बेच्नु तर आफुले किन्ना साथ घट्याे भने पनि यदि लामाे समय काे लागि लगानिि गरेकाे हाे  र आफ्नाे पैसा छ  र त्याेे पैसा आफुलाई तुरुन्तै आबश्यकताा पर्दैन भने घाटा खाएर बेच्नु हँदैन । धैर्यताका साथ कुरेर बस्नु पर्दछ । किनकि राम्रा कम्पनि हरुले प्रत्येक बरष लाभाँश,बाेनस सेयर  दिईरहेका हुन्छन।

हल्लाकाे पछाडि नलाग्नु :-

सेयर बजार मा खेलाडि हरुले बजार काे मूल्य तलमाथि गर्नकाे लागि विभिन्न हल्लाहरु चलाईरहेका हुन्छन । समाचारकाे तथ्य सत्य नबुझि आत्तिईर सेयर किनबेच गर्नु हँदैन।

अध्ययन :-

सेयर लगानिकर्ता लेे खालि समयमा सेयर सम्बन्धि समाचार हरु काे अध्ययन गर्ने , पत्रपत्रिका हरु पढ्ने ,online सम्बन्धि समाचार हरु पढ्ने बानि गर्नु पर्दछ। यसले सेयर बजार सम्बन्धि ज्ञान बढ्दै जान्छ। यदि काराेबारि गर्ने हाे टेक्निकल सम्बन्धि विभिन्न ईण्डिकेटर हरु काे अध्ययन गर्नु 
राम्राे हुन्छ।

लगानि ब्यबस्थापन :-

सेयर लगानिकर्ताले सेयर बजार मा सकभर लाेन लिएर लगानि नगराै। लाेन लिएर लगानि गर्ने हाे जाेखिम अत्यन्तै हुन्छ। जाेखिम लिने लगानिकर्ता ले भने लाेन लिएर पनि लगानि गर्दछन तर सेयर बजार मा पुरानाे लगानिकर्ता र सेयर बजार सम्बन्धि राम्राे जानकारि भएकाे हुनुपर्छ। सेयर बजारमा लगानि गर्दा एकै पटक लगानि नगराै , थाेरै थाेरै गरि लगानि गर्दा जाेखिम कम हुने र फाईदा धेरै हुने सम्भाबना हुन्छ। सेयर बजार सधै बढिरहने र सधै घटिरहने हुदैन। बजार घट्नु र बढ्नु नै बजार काे सुन्दरता हाे। 

पार्थमिक सेयर  :-

नयाँ लगानिकर्ताहरु ले पार्थमिक सेयर बाट लगानि शुरु गर्ने हाे  भने जाेखिम कम हुने र नाफा धेरै हुने गर्दछ र पछि बुझ्दै गएपछि दाेश्राे बजारमा लगानि गर्नु पर्दछ।  नयाँ लगानिकर्ताले शुरुमा अाफ्नाे बैक खाता भएकाे बैकमा गएर डिमाट खाता खाेल्नु पर्दछ अथबा बाेर्कर अफिसमा पनि डिमाट खाता खाेल्न सकिन्छ। विभिन्न  नयाँ कम्पनि हरु  खुलेपछि निश्चित प्रकृया पूरा गरिसकेपछि धिताेपत्र बाेर्डमा पार्थमिक सेयर (जसलाई आई. पि. अाे (I.P.O) पनि भनिन्छ) निस्काशन काे लागि निबेदन दिने गर्दछन र धिताे पत्र बाेडले स्वीकृत गरिसकेपछि कम्पनिहरु ले सेयर अाबेदनकाे लागि विभिन्न 
क्यापिटल मार्केट मार्फत आबेदन खुलाउछन र बैक मार्फत
लगानिकर्ताहरुले सेयर काे आबेदन दिन सकिन्छ। 

दाेश्राे बजार (Secondary market) :- यसमा लगानिकर्ताहरुले धिताेपत्रबाेर्ड मार्फत सेयर काराेबार गर्नकाे लागि लाइसेन्स पाईका  50 वटा बाेर्करहरु मध्ये जुनसुकै बाेर्कर बाट पनि काराेबार गरन सक्दछन। शुरुमा बाेर्कर अफिसमा गई  खाता खाेल्नु पर्ने हुन्छ र दाेश्राे बजारमा काराेबार गर्न सकिन्छ।

बाेनस सेयर  भनेकाे के  हाे ?

सेयर बजारमा कम्पनिले पुजि बढाउन काे बाेनस सेयर सेयर धनिलाई दिने गर्दछ । जस्ताे मानाै कुनै राम नाम गरेकाे ब्यक्ति सँग 100 कित्ता कुनै बैक काे सेयर छ भने याे बर्ष कम्पनिले 20 % बाेनस सेयर दिने घाेषणा गर्याे भने अब राम सँग फेरि 20 कित्ता सेयर थपिने भयाे  जसलाई बाेनस सेयर भनिन्छ। अब राम सँग पहिलाकाे 100 कित्ता र बाेनस सेयर  फेरि 20 कित्ता र जम्माजम्मि 120 कित्ता सेयर हुनेभयाे।

लाभाँश :-

कम्पनि बर्षकाे कमाईबाट अाफ्ना सेयर धनिलाई लाभाँश जसलाई अङ्गेजिमा  Dividend भनिन्छ। कम्पनिले हरुले नगद लाभाँश पनि सेयर धनिकाे बैक खाता जम्मा गरिदिने गर्छन यसकाे लागि डिमाट खाता र बैक खाता सँग लिङ्क बनाउनु पर्दछ साे काम बैकमा गई जानकारि गराउनु पर्दछ र बैक हरु ले लिङक गरिदिने गर्दछन।

याे लेख पढि दिनु भएकाे मा धन्यबाद। सेयर सम्बन्धि जानकारि काे लागि मैले पहिला नै शुरुदेखिकाे जानकारिि
लेखहरु याे साईटमा छन। अध्ययन गर्नु हाेला र नयाँ नयाँ जानकारि पनि लिएर अाउने छु ।  लेख सम्धन्धि प्रतिकृया र सुझाब काेलागि याेे साईट लाई Subscribe र Flow गरिदिनु हाेला। www.narayan1981.blogspot.com मा हेरिदिनु हाेला । धन्यबाद ।





Comments