किन गर्ने बिमा? बिमाकाे महत्व







Narayan Acharya

मानिस जिबनमा आईपर्ने आर्थिक जाेखिम लाई न्युनिकरण गर्नकाे लागि चुक्ता पुजि पुर्याएर नेपाल सरकारकाे  बिमा समिति बाट लाईसेन्स पाएर  बिमा ऐन बमाेजिम सञ्चालन गरिएका कम्पनिहरुलाई जिबन बिमा कम्पनि भनिन्छ।

मानिसकाे जीवन मा कति बेला के हुन्छ भन्ने कसैले जान्दैन कति बेला मानिस मर्न सक्छ , कति बेेला दुर्घटना हुन सक्छ कसैलाई थाहा हुदैन। यि भबिष्यमा आईपर्ने सम्भाबित जाेखिमकाे साथसाथै भबिष्यमा आउन सक्ने आर्थिक जाेखिमबाट बच्नकाे लागि बिमा कम्पनि र बिमित बिच गरिने सम्झाैतालाई जीवन बिमा भनिन्छ।

अब बुझाै बिमित भनेर कसलाई भनिन्छ?

बिमित भनेकाे बिमा कम्पनि  सँग सम्झाैता गर्ने ब्यक्तिलाई बिमित भनेर भनिन्छ।

जीवन बिमाकाे महत्व :-

(1)मानिसकाेे जिबनमा हुन सक्ने जाेखिमकाे न्युनिकरण गर्न जीवन बिमाले महत्व पुर्ण भुमिका खेलेकाे हुन्छ। मानिसकाे जीवन कैयाैै  आर्थिक जाेखिम हरु हुन्छन। कुनै एक परिवार मा परिबारलाई शिक्षा दिने, पालनपाेषण गर्ने काम घरमुलिकाे जिम्मेवारी हुन्छ। यदि कदमकदाचित घरमुलिकाे मृत्यु हुु गयाे भने परिबार काे बिचल्ली हुन सक्छ । त्याे बेलामा यदि  घर मुलीले बिमा गरेकाे भए बिमा कम्पनि बाट बिमा सम्झाैता अनुसार बिमा गरेकाे ब्यक्तिकाे परिबारले पैसा पाउने हुदाँ उनिहरुलाई अार्थिक क्षति बाट हुने बिचल्लिबाट बिमाले बचाउन मद्त गर्दछ।

(2) व्यापारी बर्गकाे लागि पनि जीवन बिमाकाे अत्यन्तै महत्व हुन्छ। नेपाल सरकार ले व्यापारी बर्गले अाफ्नाे फर्मकाे अडिट गराउनु पर्ने हुन्छ साे अबस्थामा आयकर मा छुट हुन्छ।यदि ब्यापारि ले आफ्नाे घर जग्गा धिताे राखेर बैकबाट ऋण लिएकाे भए कदम कदाचित ब्यापारिकाे मृत्यु भएकाे खण्डमा परिबारकाे बिचल्लि हुने सम्भाबना हुन्छ किनकि बैक तथा बित्तिय सस्थाले   धिताेबिना त्रृण दिदैनन र उनिहरुले धिताे लिलाम गर्ने हुदाँ परिबारकाे बिचल्ली हुने सम्भाबना हुन्छ
यदि बिमा गरेकाेे भए कम्पनिले बिमाङ्क गरेकाे रकम दिने हुदाँ परिवारकाे बिचल्ली हुुुुुुनबाट बिमाले बचाउछ।

(3) आार्थिक अबस्था मजबुत हुने :- जीवन बिमा गर्दा ऐकैपटक धेरै पैसाकाे आबश्यकता पर्दैन थाेरैै किस्ताकाे रुपमा बिमाकाे किस्ता बुझाउन सकिन्छ। थाेेेेरै किस्ताबाट बिमाले धेरै रकमकाे जाेखिम बहन गर्ने हदाँ एक त जाेखिम बहन हुने भयाे र अर्काे पैसा बचत हुने भयाे । मानिस सधै स्वस्थ र र युवा, जबान अबस्था मा रहदैन।याे अबस्थामा मानिसले जती मेहनेत गरेर पैसा कमाउन सक्छ त्यति बुढेशकालमा सक्दैन । जब बुढेशकाल लाग्छ त्याेे बेला बिमा बाट एकमुस्ट रकम पाउने हुनाले बैकमा पैसा राखि ब्याज बाट पनि परिबार चलाउन ठुलाे महत्व बिमाबाट हुन्छ। थाेरै पैसा पकेट मा अथबा बैकमा राख्दा पैसा निकाली खर्च धेरै हुने सम्भाबना तथा बचत कम हुने सम्भाबना हुन्छ ।तर बिमा गर्दा तुरुन्तै निकालिदैन । तेसैले बिमा बाट बचत धेरै हुने गर्दछ।

(4) ऋण सुबिधा :- बिमा बाट सस्ताे ब्याज मा ऋण सुबिधा उपलब्ध हुन्छ । जसले गर्दा ऋण लिएर पनि भै परि आउने कामहरु समस्याहरुकाे निराकरण गर्न मद्दत गर्छ।

यस्तै बिमाबाट धेरै सुबिधाहरु लिन सकिन्छ।

याे लेख पढिदिनुभएकाेमा धन्यबाद दिन चाहान्छु साथै सेयर पनि गरिदिनुहुनेछ भन्ने आशा राख्दछु।

नारायण आचार्य
बिमा अभिकर्ता साथै  Professional Accountant

गुल्मी तम्घास

Comments